मुस्लिम संघ गण्डकी प्रदेशले बुझायो ज्ञापनपत्र
प्रकाश डोटेल/स्याङ्जा :
नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कार्यसमितिले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाएको छ । संघले मुस्लिम समुदायको अधिकारलाई स्थापित बनाउन भन्दै ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
मुस्लिम संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री नेपालीले संघले उठान गरेका मागहरुलाई यथोचित रुपमा कानुन बनाएर सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले संघले माग गरेका बुँदाहरु समयसापेक्ष रहेको भन्दै मागलाई सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।
ज्ञापनपत्र बुझाउँदै मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजी शा महोम्मद मियाँले राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा मुस्लिम समुदायले ठूलो योगदान दिएको चर्चा गरे । उनले मुस्लिम समुदायको योगदानलाई राज्यले नसम्झेकोमा दुःख समेत व्यक्त गरे ।
पोखरास्थित मुख्यमन्त्रीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै संघले मुख्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना र बधाई व्यक्त गरिएको थियो ।
ज्ञापनपत्र बुझाउँन संघका पदाधिकारी, संविधासभा सदस्य राजु थापा, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मी र मुस्लिम संघ स्याङ्जाका अध्यक्ष अलि मियाँको सहभागिता रहेको थियो ।
संघले मुख्यमन्त्रीलाई बुझाएको ७ बुँदा ज्ञापनपत्रमा मुस्लिम समुदायको हकहित र पहिचानको रक्षा गरियो, प्रदेशमा रहेका मुस्लिम समुदायको आधारभूत शिक्षाको व्यवस्था गरियोस, समुदायका गरिब र जेहेन्दार तथा विपन्न परिवारका सदस्यलाई उच्चको व्यवस्था गरियो भनिएको छ ।
त्यसैगरी प्राविधिक, मेडिकल तथा व्यवसायीक शिक्षा आर्जनको सुनिश्चिता गरियो, मदर्शा शिक्षाको शिक्षण क्रियाकलाप भौतिक पूर्वाधारको व्यवस्थापन गरियोस, मुस्लिम समुदायको चाडपर्वमा सार्वजनिक विदाको व्यवस्था गरियोस र प्रदेशमा रहेका मस्जिद, मदर्शा तथा कब्रस्थानको संरक्षण गरियो भन्ने माग गरिएको छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


