मेलम्चीमा बाढी : ठुलो धनजनको क्षति !
काठमाण्डौ :
अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले ७ जनाको मृत्यु भएको छ भने दजर्नै घर डुबानमा परेका छन।
प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङमार लामाले मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको बताए। अहिलेसम्म वडा नम्बर १ मा ७ जना र वडा नम्बर २ मा ४ जना सम्पर्कबिहीन छन्,’ उनले भने। बाढीले मेलम्ची बजारमा ठुलै क्षति पुर्याएको छ। जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।
घरका छतमा रहेकाहरूको उद्धार गर्न नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टर परिचालन गरीएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


