बंगुरको खोरमा पसेको चितुवालाई गोली हानेर प्रहरीले नियन्त्रणमा लियो ।
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ का खड्कबहादुर गाहा आइतबार बिहान बंगुरको दाना लिएर खोरतर्फ जाँदै थिए । अन्दाजी साढे ७ बजेतिर खोरमा पुग्दा उनले बंगुरको खोरमा चितुवा देखे । उनले तत्काल प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो ।
खड्कबहादुरको बंगुरको खोरमा ८ वटा बंगुर थिए, जसमध्ये ३ वटा त चितुवाले मारिसकेको रहेछ । प्रहरी, स्थानीय र वनका कर्मचारी बंगुर खोर भएको ठाउँमा पुगे ।
चितुवा अचानक खोरबाट भागेर ५० मिटर टाढा मानिस भएको ठाउँमा पुग्यो । चितुवाले गल्याङ ७ तोलातुङ का ३८ वर्षीय लालबहादुर विकलाई एक्कासि आक्रमण गरेपछि विकको जीवन रक्षार्थ प्रहरीले गोली चलाउनु पर्यो ।
सब डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा गोली हानिएको हो । गोली लागेर घाइते भएको चितुवा केही समयपछि मरेको थियो ।
मृत चितुवाको मुचुल्का कार्य सम्पन्न गरी वन कार्यालयका जिम्मा लगाइएको थियो । चितुवालाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ ३ नर्सरी वन कार्यालयको कम्पाउन्डमा खाडल खनी पुरिएको छ ।
घाइते लालबहादुरको गल्याङ नगर अस्पतालमा उपचारपश्चात घर पठाइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


