खुमा फाउण्डेशनद्धारा स्वास्थ सामाग्री प्रदान

Khuma foundation

भवानी अधिकारी :
स्याङजा, २७ जेठ । कोरोना भाइरस संक्रमण बढीरहेको बेला खुमा फाउण्डेशनले झण्डै २ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
गण्डकी मेडिकल कलेजका संचालक एवं डा. लुना अर्यालले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङखोला युवा क्लवलाई ती सामाग्री प्रदान गर्नुभएको हो ।
क्लवका अध्यक्ष कृष्ण थापालाई डा. अर्यालले सेनीटाइजर, मास्क, पिपिई, एक्सिमीटर लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो । सामाग्री हस्तान्तरण गर्दे उहाले कोरोनाको संक्रमण बढीरहेकाले सबैजना सजगरही स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने बताउनुभयो । सरुवा रोग भएकाले आफु सुरक्षित र अरुलाई पनि सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी रहनेमा जोड दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष दुर्गबहादुर शाह, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश उपमहासचिव सुनिल अर्याल लगायतले खुमा फाउण्डेशनको परोपकारी सेवाप्रति धन्यवाद दिनुभएको थियो । क्लवका अध्यक्ष कृण्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल अधिकारीले गर्नुभएको थियो ।

 

Facebook Comments Box
TOP