जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त।
पोखरा:
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पार्टीको निर्देशन नमान्दा फेरि पदमुक्त भएका छन् । आज शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।
यसअघि पनि सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा पार्टीको निर्देशन नमान्दा पदमुक्त भएका थापालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमा पुर्नवहालि गरेको थियो। बिहिबार प्रदेश सभामा विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा जनमोर्चाले सबै सांसदलाई विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न हृवीप जारी गरेको थियो । तर थापा तटस्थ बसेका थिए । यस पटक पनि हृवीप नमानेकाले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त गरिएको छ । उनि बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को ख बाट बाम गठबन्धनको सहयोगमा जनमोर्चाबाट निर्वाचित भएका थिय।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


