जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त।
पोखरा:
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पार्टीको निर्देशन नमान्दा फेरि पदमुक्त भएका छन् । आज शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।
यसअघि पनि सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा पार्टीको निर्देशन नमान्दा पदमुक्त भएका थापालाई सर्वोच्च अदालतले अन्तरिम आदेशमा पुर्नवहालि गरेको थियो। बिहिबार प्रदेश सभामा विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा जनमोर्चाले सबै सांसदलाई विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न हृवीप जारी गरेको थियो । तर थापा तटस्थ बसेका थिए । यस पटक पनि हृवीप नमानेकाले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम उनलाई पदमुक्त गरिएको छ । उनि बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को ख बाट बाम गठबन्धनको सहयोगमा जनमोर्चाबाट निर्वाचित भएका थिय।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


