विश्वकप खेल्ने देशको संख्या बढाइयो, नेपाललाई सहज

काठमाडौँ : आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको संख्या बढाएको छ ।
आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।
यस्तै टी-ट्वान्टी विश्वकपको सन् २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।
यस निर्णयले नेपालजस्ता एसोसियट राष्ट्रका लागि विश्वकप खेल्न सहज हुने छ । नेपालले अहिलेसम्म एक पटक मात्र टी–ट्वान्टी विश्वकपमा प्रतिष्पर्धा गरेको छ । २०१४ मा एक पटकमात्र विश्वकप खेलेको नेपालका लागि यस निर्णयले सहज अवसर प्राप्त हुने छ ।
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…