नेविसंघबाट कोभिड उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
कोरोना संक्रमणले थलिएका स्थानीयतह लाई नेपाल विद्यार्थी संघले कोभिड उपयोगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । ¥कोभिड १९ विरुद्धको लडाईमा नेपाल विद्यार्थी संघको साथ¦ अभियान अन्तर्गत गल्याङ् नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । हरेक विपद्मा सहयोगी बन्दै आएको काँग्रेसको भातृ संगठन नेविसंघ कोरोना संक्रमणको माहामारीमा पनि स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोगी भावना साटेको छ । नेविसंघका पुर्व केन्द्रीय सदस्य गुरुप्रसाद भ‘राईको पहलमा नेविसंघका केन्द्रीय महासचिव युवराज पाण्डेको सक्रियतामा गल्याङ् नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । नगर प्रमुख भुपराज अधिकारीले यो स्वास्थ्य संकटमा युवा विद्यार्थीहरुको साथ र सहयोगको आवश्यकता रहेको भन्दै यसको निरन्तरताको आवश्यकता रहेको बताए । विद्यार्थी समाजका कर्णधार भएको संज्ञा दिदै नगर प्रमुख अधिकारीले यो संकटमा राजनीति भन्दा माथी उठेर सामाजिक सेवाभावमा रहन सबै पक्ष सगँ आग्रह गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस गल्याङ्का नगर सभापति एव ने.का. महासमिति सदस्य श्याम प्रसाद बस्याल, ने.का. महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, गल्याङ नपाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली कांग्रेस महिला विभाग सदस्य खगिसरा भण्डारी, गल्याङ– ३ का वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र राना, नेपाली कांग्रेस गल्याङ–४ का वडा सभापति ढाकाराम न्यौपाने, नेपाल तरुण दल गल्याङ अध्यक्ष कृष्ण भट्टराई, ने.वि.संघ पाल्पाका सचिव सुभाष गैह्रे लगायतको सहभागितामा सामाग्री हस्तान्तरण गरिएको नेविसंघले जनाएको छ ।
पल्स अक्सिमिटर –३ थान, पि पि ई–७ सेट, डिजिटल थर्मोमिटर तीन थान, फेस सिल्ड–१५ थान, गगल्स–५ थान, के.एन र सर्जिकल मास्क गरी–८०० पिस, कोभिडसंग सम्बन्धीत औंषधीहरु –१ कार्टुन लगायतका कोभिड १९ का लागि उपयोगी सामग्रीहरु उपलब्ध गराएको छ । पुर्व नेविसंघ केन्द्रीय सदस्य तथा काँग्रेस महाधिवेसन प्रतिनिधि गुरु भ‘राईले स्वास्थ्य संकटमा कुनै पनि नागरिकले उपचार नपाएर मर्न बाध्य हुने समस्या सिर्जना नगर्न नेपाल सरकार र स्थानीय सरकार सगँ अनुरोध गरे । यसका लागि नेविसंघ जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै सरकार सगँ यो विपद्मा हातेमालो गर्न तयार रहेको भ‘राईले बताए । कोरोना संक्रमितको संख्यामा न्युन रहेपनि निधन हुने संख्यामा भने जिल्लाका ११ पालिका मध्ये गल्याङ् अगाडी भएकाले नेविसंघले पहिलो प्राथामिकता दिएर कोभिड उपयोगी सामाग्री वितरण गरेको जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…