हरिनासको बजेट झण्डै ४२ करोड,शिक्षा, स्वास्थ्य, कृषि र पूर्बाधार बिकासमा जोड
स्याङ्जा :
हरिनास गाउँपालिकाको बजेट ४१ करोड ८३ लाख ८१ हजार रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष झनमाया पराजुलीले आर्थिक वर्ष २०७८÷०७९ को रु ४१ करोड ८३ लाख ८१ हजारको बजेट प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाको नवौ गाउसभाको दोश्रो बैठक समेत सम्पन्न भएको छ ।
संघतर्फ बित्तिय समानिकरण अनुदानमा ८ करोड ७८ लाख, ससर्त अनुदानतर्फ चालुमा १६ करोड ७९ लाख, पुँजिगत ३८ करोड, राजस्व बांडफांड ६ करोड १५ लाख ५९ हजार, समपुरक अनुदानमा २ करोड ६२ लाख, विशेष अनुदानमा २ करोड ४९ लाख रहेको छ । त्यस्तै प्रदेशबाट बित्तिय समानिकरण अनुदान ९६ लाख २८ हजार, राजस्व बाँडाफांड ४० लाख ९५ हजार, समपुरक अनुदान १ करोड, आन्तरिक आम्दानी २६ लाख, गतवर्षको अल्या २ करोड रहेका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले बताउनु भयो ।
बजेटले शिक्षा, स्वास्थ्य, आर्थिक र सामाजिक विकास, भौतिक पुर्वाधार विकास, वन तथा वातावरण, विपद व्यवस्थापनका लागी प्राथमिकताका साथ बजेट विनियोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले बताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


