स्थापना दिवसमा नेल्टा-स्याङ्जाद्वारा निशुल्क खोप एंव औषधि वितरण ।
स्याङ्जा:
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को छैठौ स्थापना दिवसको अवसरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) स्याङ्जाले वालिङ सुर्कौदीमा रहेको गौशालामा निशुल्क खोप एंव औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।
सोहि अवसरमा गौशालामा रहेका गाई तथा बाच्छा बाच्छीलाई खोप, स्वास्थ्य परीक्षण, परजिवी नियन्त्रण तथा मिनरल वितरण गरिएको नेल्टा-स्याङ्जाका अध्यक्ष दोलराज गैह्रेले बताउनुभयो। पशुलाई निर्दयी व्यवहार गर्न नहुँने बताउँदै गैह्रेले भन्नुभयो “राष्ट्रिय जनावर सडकमा छाड्ने हामी मानवहरु पशुको अधिकार बिर्सिएका छौ”।
कार्यक्रमा वालिङ नगरपालिका पशु सेवा शाखा प्रमुख डा बसन्त अधिकारीले गौशाला अध्यक्ष केदार बिकललाई परजिवी नियन्त्रण तथा मिनरल हस्तान्तरण गर्नु भएको थियो । व्यवशायी मदन अर्याल एंव राज भट्टराईले औषधि सहयोग गर्नुभएको थियो । कार्यक्रममा पशु सेवा शाखा अधिकृत देव कुमारी श्रेष्ठ, युवा नेता एवं समाजसेवी दिक्षान्तप्रताप खाँण, नेल्टा केन्द्रिय प्रतिनिधि रमेश अर्याल, सदस्यहरु चण्डी गैह्रे, राज भट्टराई आदिको उपस्थिती रहेको थियो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


