आज विश्वासको मत लिँदै मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । शुक्रबार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ ।
मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन विश्वासको मत लिन लागेका हुन् ।
४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


