पत्रकार र उद्यमीलाई संघको सहयोग
स्याङजा :
स्याङजा जिल्ला उद्योग वाणिज्य संघले पत्रकार महासंघ र महिला उद्यमीलाई नगद र मास्क उपलब्ध गराएको छ ।
संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी र कोषाध्यक्ष रमेश गोदारलाई ५ सय वटा मास्क र नगद ५ हजार नगद प्रदान गर्नु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघबाट मास्क उपलब्ध भएको हो । पाँच हजार नगद भने अध्यक्ष श्रेष्ठले ब्यक्तिगततर्फबाट कोषको खातामा जम्मा गरिदिने बताउनुभयो ।
यसैगरी, उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिका अध्यक्ष इन्द्रेणी अधिकारी, सचिव देवु लम्साल र कोषाध्यक्ष सुनिता श्रेष्ठलाई ५ सय वटा सर्जिकल मास्क उपलब्ध गराएको हो ।
मास्क हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कोरोना संक्रमणका बेला पनि अग्रभागमा उभिएर काममा खटिनुहुने पत्रकार र उद्यमी महिलालाई लक्षित गर्दै मास्क उपलब्ध गराएको जनाउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले पत्रकारले बिषम परिस्थितीमा पनि पत्रकारितामा क्रियाशिल रहेको भन्दै गरिएको मूल्यांकनप्रति संघका अध्यक्ष र संघ परिवारप्रति आभार ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो ‘नगद ५ हजार पत्रकार कल्याण कोषमा जम्मा गरिने उहाको भनाई छ।’
सो अवसरमा संघका महासचिव रामचन्द्र नेपाल, सचिव मित्रबन्धु पोखरेल, महिला उद्यमी इन्द्रेणी अधिकारी लगायतले संघले विगतदेखि गर्दे आएको सहयोगको चर्चा गर्दै समाजसेवामा सघ क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो ।

समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


