बिहीबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह ।

काठमाण्डौ:
केही दिनदेखिको लगातार वर्षाको कारण मुलुकका विभिन्न ठाँउमा पहिरो जाने तथा नदीका सतहले सतर्कता तह पार गरेका कारण सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । अझै तीन दिन यस्तै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका सबै तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । लगातारको वर्षाले देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो गएका छन भने सडकहरु अबरुद्द भएका छन त्यस्तै विभिन्न नदीहरुमा बहाव बढेकाले खतराको सँकेत गरिएको छ ।

महाशाखाका अनुसार आगामी ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

Facebook Comments Box
TOP