फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो ।

काठमाडौँ :
फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो ।
नेपालले विश्वकप तथा एसिया कप छनोटका तीन खेलपछि यो वरीयता प्रकाशनमा आएको हो । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग हारेको थियो ।
यसका साथै नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल पनि खेलेको थियो । सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…