युरोकपमा इटालीले टर्कीलाई हरायो ।

एजेन्सि:
शुक्रबार राति भएको युरोकप उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इटालीले ५३ मिनेटमा आत्मघाती गोलले अग्रता लिएको थियो। टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए। ६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे। ७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलको अग्रता लिएको थियो। जितसँगै इटालीले समूह ‘ए’ मा तीन अंक जोडेको छ।
यस जितपछि इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेल पुर्‍याएको छ । सन् २०१८ को सेप्टेम्बरयता इटाली अपराजित रहेको छ ।

युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह ‘ए’ को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह  ‘बी’ को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।

यस्तै राति १२:४५ बजे समूह’बी’को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP