युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

euro cup

काठमाण्डाै – युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।

अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ । शुक्रबार राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड–स्पेन शुक्रबार राति १२ बजेर ४५ मिनेटमा बेल्जियम–इटाली शनिबार राति ९ बजेर ४५ मिनेट चेक रिपब्लिक–डेनमार्क शनिबार राति १२ बजेर ४५ मिनेटदेखि युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP