युरोकप फुटबल प्रतियोगिता आजबाट सुरु ।
काठमाण्डौ:
युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकपको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा टर्की र इटालीबीच इटालीको रोममा राति पौने १ बजेबाट हुँदैछ।
यस पटकको खेल युरोपका ११ शहरमा खेलाउन लागिएको छ। जुलाई ११ मा सकिने यस युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् ।
यस युरोमा केही नियम परिवर्तन गरिएको छ । पहिलो पटक भिएआर प्रयोग हुँदैछ। एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ। खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ। एक टिममा २६ खेलाडी राख्न पाइने छ ।
नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। समूह चरणका खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे ९ ० हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२स४५ बजे हुनेछ।
समुह चरणको समिकरण यस्तो रहेको छ ।
समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी :नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


