बेल्जीयम र फिनल्याण्डको विजयी सुरुवात, एरिक्सन घाईते हुदा खेल एक घण्टा रोकियो ।
एजेन्सी । युरोकप फुटबलमा समुह बि अन्तर्गत गएराति भएको खेलमा बेल्जीयम र फिनल्याण्ड विजयी भएका छन । बेल्जीयमले रुसलाई ३–० ले हराएको छ भने फिनल्याण्डले डेनमार्कमाथि १–० गोलले विजयी भएको छ । खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि फिनल्याण्ड र डेनमार्क बिचको खेल भने करिब एक घण्टा रोकिन पुगेको थियो ।
बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे । फिनल्याण्डको जितमा भने जोएल पोयानपालोले ६० औं मिनेटमा गोल गरेको थिय ।
फिनल्याण्ड र डेनमार्क बिचको खेलको ४० औं मिनेटमा डेनिस खेलाडी क्रिश्चियन एरिक्सन हृदयघात भएर लडेपछि मैदान शुन्य भएको थियो । त्यस पछि खेल करिब एक घण्टा रोकिएपछि दुबै टोलिको सहमतिमा पुन सुरु गरिएको थियो । अहिले एरिक्सनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताईएको छ । हिजै भएको समुह ए को खेलमा स्विट्जरल्याण्ड र वेल्सले एक एक गोलको बराबरी खेलेका छन् ।
आज तीन खेल हुनेछन् । आज साँझ पौने ७ बजे इंग्ल्याण्ड र क्रोएसिया बिच खेल हुदा राती पौने १० बजे अष्ट्रिया र उत्तरी मेसेडोनिया तथा पौने १ बजे नेदरल्याण्ड्स र युक्रेन भिड्नेछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


