मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’
आफैँ पदमुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित हुनुभएको थियो । सरकारका बहालवाला मन्त्री नै सरकारलाई विश्वासको मत नदिएपछि पदमुक्त गरिएको न्यौपानेले बताउनुभयो ।

पदमुक्त भएको पत्र बाहिरिएसँगै मन्त्री मनाङेले राजीनामा पत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले शुक्रबार मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र पेश गर्नुहुनेभएको छ । विश्वासको मत प्राप्त नभएको सरकारको मन्त्री बन्न आफ्नो नैतिकताले नदिने मनाङेको राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि बिहीबार साँझ नै मन्त्री मनाङेले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिइसक्नुभएको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताउनुभएको थियो ।
मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाउनुभएको थियो । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाउनुभएको थियो । वैशाख २६ मा राजीनामा दिनुभएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त हुनुभएको हो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उहाँले बिहीबार संसद्को सामना गर्नुभएको हो ।
कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


