मनाङे पदमुक्त, राजीनामा पत्रमा लेखे, ‘विश्वासको मत नभएको सरकारमा बस्न नैतिकताले दिएन’
आफैँ पदमुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित हुनुभएको थियो । सरकारका बहालवाला मन्त्री नै सरकारलाई विश्वासको मत नदिएपछि पदमुक्त गरिएको न्यौपानेले बताउनुभयो ।

पदमुक्त भएको पत्र बाहिरिएसँगै मन्त्री मनाङेले राजीनामा पत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले शुक्रबार मुख्यमन्त्री समक्ष आफ्नो राजीनामा पत्र पेश गर्नुहुनेभएको छ । विश्वासको मत प्राप्त नभएको सरकारको मन्त्री बन्न आफ्नो नैतिकताले नदिने मनाङेको राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि बिहीबार साँझ नै मन्त्री मनाङेले विपक्षी दललाई सरकार बनाउनका लागि हस्ताक्षर दिइसक्नुभएको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकमा समेत सहभागी नभएका मनाङेले प्रदेशसभा विघटन हुनबाट जोगाउन र संघीयतालाई थप मजबुत पार्न यो कदम चालेको बताउनुभएको थियो ।
मनाङे गुरुङ क्याबिनेटमा युवा तथा खेलकुद मन्त्री थिए । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद् मनाङेलाई मन्त्री बनाउनुभएको थियो । पहिलोपटक १० दिन मन्त्री भएका मनाङले पछिल्लो पटक वैशाख २९ गते पुनः मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
बिहीबार विश्वासको मत लिने क्रममा बहुमतका लागि ३१ मत चाहिने भए पनि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले २७ मत पाउनुभएको थियो । वैशाख २६ मा राजीनामा दिनुभएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः नियुक्त हुनुभएको हो । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत उहाँले बिहीबार संसद्को सामना गर्नुभएको हो ।
कुनै आन्तरिक चलखेल नभए नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली अब मुख्यमन्त्री बन्ने पक्का छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


