मोबाईल चार्जमा राखेर सुतेका स्याङ्जाका किसोरको चट्याङबाट मृत्यु ।
स्याङ्जा :
आज बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान साढे पाँच बजे तिर घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा किसोरको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोबाईल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको अवस्थामा रहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


