मोबाईल चार्जमा राखेर सुतेका स्याङ्जाका किसोरको चट्याङबाट मृत्यु ।

स्याङ्जा :
आज बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान साढे पाँच बजे तिर घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा किसोरको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोबाईल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको अवस्थामा रहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…