दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा : घटना अझै पनि रहस्यमै
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती सहितको हत्या भएको थियो ।
युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
अत्यन्तै संवेदनशिल र उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
मुलुकमा राजतन्त्र हटेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भए देखि नैं नेपालमा राजतन्त्रको भविष्य संकटमा परेको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…