६ हजार ८५ जनामा संक्रमण पुष्टि,६८ जनाले ज्यान गुमाए
काठमाण्डौं : नेपालमा गएको २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१७ हजार १४७ पीसीआर र ३ हजार १८ एन्टिजेन गरी २० हजार १६५ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो अवधिमा ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ४५२ पुगेको छ।
आज ६ हजार ८९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो ४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ निको भएका थिए भने ११४ जनाको निधन भएको थियो।
हालसम्म नेपालमा ५ लाख ६६ हजार ५८७ जनामा संक्रमण भएकोमा ४ लाख ५४ हजार ३४४ जना निको भएका छन्।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


