पछिल्लो २४ घण्टामा २ हजार ६०७ संक्रमित, ३९ जनाको मृत्यु

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १२ हजार ४८४ नमूना परीक्षणमध्ये २६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । ७७ सय ११ नमूनाको पीसीआर र ४७ सय ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको हो ।
स्वाथ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ सय ४१ जनाले कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…