२४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त, थपिए २ हजार १४ संक्रमित
काठमाडौँ : २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी ३ हजार ८२ जना निस्चार्ज भएको बुधबार जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । यस्तै २४ घण्टामा देशभर २ हजार १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ८ हजार ६८७ पीसीआर परीक्षणमा २ हजार १४ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ३३५ एन्टिजेन परीक्षणमा ८ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


