स्याङ्जाका १३३ जना सहित गण्डकीमा थप ८३८ जनामा कोरोना पुष्टि, १३७२ संक्रमणमुक्त ।
स्याङ्जा:
पछिल्लो २४ घण्टामा २ हजार २४६ जनामा गरिएको नमुना परीक्षणमा गण्डकी प्रदेशमा ८३८ जनामा कोरोना पुष्टि भएको छ भने, १ हजार ३७२ संक्रमणमुक्त र १३ जनाको मृत्यु पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकी प्रदेशका नौ जिल्लामा संक्रमित थपिएका छन् । जस अन्तर्गत स्याङ्जाका १३३ जना, कास्कीका १५१ जना, तनहुँका ५५ जना, गोरखाका १२७ जना, लमजुङका ७३ जना, नवलपुरका ११७ जना रहेका छन् ।साथै बाग्लुङका ११२ जना, पर्वतका ३४ जना, र म्याग्दी जिल्लाका ३६ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ । आज मृत्यु पुष्टि हुने १३ मध्य कास्कीका चार जना, तनहुँका दुई जना, स्याङ्गजाका तीन जना, गोरखाका दुई जना र लमजुङका दुई जना छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १३७२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार २५१ पुगेको छ। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४३ हजार ८३५ पुगेको छ । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७०७ पुगेको ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


