स्याङ्जाका ३४ जना सहित गण्डकीमा ५६६ जनामा संक्रमण, १५ जनाको मृत्यु पुष्टि ।
पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्जाका ३४ जना सहित गण्डकीमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५९० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमितहरु बाग्लुङका १२४ जना, नवलपुरका १२१ जना कास्कीका ८५ जना, गोरखाका ७२ जना, स्याङ्जाका ३४ जना, र तनहुँका ३० जना छन् । यस्तै लमजुङका ५० जना, पर्वतका १९ जना, र म्याग्दी जिल्लाका ३१ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ९८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५२३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना, तनहुँका एक जना, गोरखाका एक जना, लमजुङका तीन जना, पर्वतका एक जना, बागलुङका एक जना र म्याग्दीका एक जना छन् । आज मृत्यु भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४८ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


