स्याङ्जाका ५१ सहित गण्डकीमा ६६३ जना संक्रमित, १० जनाको मृत्यु ।
पोखरा :
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार गत २४ घण्टामा २ हजार १४४ जनामा गरिएको परीक्षणमा स्याङ्जाका ५१ सहित गण्डकीमा ६६३ जना संक्रमित तथा १० जनाको मृत्यु भएको छ।
थप संक्रमितहरु कास्कीका ९१ जना, तनहुँका ६९ जना, गोरखाका ८६ जना, लमजुङका ८९ जना र नवलपुरका १५० जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका ३९ जना, बाग्लुङका ६० जना, म्याग्दीका १७ जना र मुस्ताङ जिल्लाका ११ जना छन ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४८ हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ४० हजार ८५३ पुगेको छ।
आज मृत्यु पुष्टि हुनेमा पोखराका दुई जना, तनहुँका दुई जना, नवलपुरका तीन जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका दुई जना छन् । हालसम गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९९ पुगेको छ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…