चापाकोट : नीति तथा कार्यक्रम पारित आन्तरिक हवाइमैदान निर्माणका लागि मचेडाँडामा (DPR) गरिने
चापाकोट :
चापाकोट नगरपालिका को चालु आ ब २०७८/७९ का लागि नीति तथा कार्यक्रम पारित भएको छ ।निति तथा कार्यक्रम नगरकार्यपालिकाले पारित गरेको हो । चालु आ ब २०७८/७९ मा चापाकोट नगरपालिका वडा न २ र ८ मा पर्ने मचेडाँडामा आन्तरिक हवाइमैदान निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माणको कार्यलाइ अगाडी वढाइने छ । चापाकोट नगरपालिकाको वडा नं १, २ र ३ लाई कागती खेती, वडा नं ४ लाई मेन्थावाली र सिताकेच्याउ वडा नं ५ लाई सुन्तला खेती, वडा नं ६ र ७ लाई केराखेती र वडा नं ८, ९ र १० लाई आलुवालीको व्यवसायिक पकेट क्षेत्रको रुपमा विकास गरिदै लगिने छ ।
चालु आ.व.मा चा.न.पा. वडा नं ९ को सुन्तलिटारमा आलु भण्डारणको लागि चिस्यान केन्द्र निर्माण गरिनेछ र नगरपालीकालाई आलुमा आत्मनिर्भर वनाइनेछ. पशु आहार कार्यक्रम अन्तर्गत सवै वडाका कृषकहरुलाई व्यवसायिक गाईभैंसी पालन तर्फ आकर्षण गर्नको लागि भैसी सुत्केरी अनुदान प्रति सुत्केरी भैसी रु १००० रुपयाँ उपलब्ध गराउने नीतिको अवलम्बन गरिने छ नगरपालिकाभित्र रहेका मौजुदा स्वास्थ्य चौकी तथा अस्पतालहरुमा सरकारी मापदण्ड अनुसारको औषधी उपलब्ध गराउने, सामुदायिक स्वास्थ्य ईकाईको पूर्वाधारको विकास गर्ने, प्रत्येक वडाहरुमा वर्थिङ सेन्टर स्थापना र सञ्चालन गर्ने, तत्कालै वडा नं. ४ को मल्याङ्ककोटमा र चा.न.पा. १ को कुवाकोटमा बर्थिङ् सेन्टर चापाकोट र दार्शिङ अस्पतालमा कम्तिमा पनि १/१ वटा एम्बुलेन्सको व्यवस्था गर्ने र हरेक वर्ष घुम्ति स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने ।

फोहोरमैला व्यवस्थापनको लागि आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारवाट विनियोजन भएको विशेष अनुदान रु २ करोड १६ लाख खर्च गरी नगरपालीकामा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरिनेछ ।पदमार्ग निर्माण गरिनुपर्ने, धार्मिक स्थल, मठ मन्दीर संरक्षण, निर्माण, तथा वाटो, पानीको व्यवस्था र पर्यटन प्रवद्र्घनको लागि होमस्टेहरुका स्थापना र सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनको लागि व्यापक प्रचार प्रसार गरिनु पर्ने, रामडाँडालाई विशेष पर्यटन क्षेत्रको रुपमा पर्यटन गुरु योजना खाका बनाई बिकास गर्ने, राधाकृष्ण मन्दिर, शिव मन्दिर मणिमुकुन्देश्वर यी सवै धार्मिक स्थलहरुलाई समेटेर उत्तरगंगा धामको रुपमा विकासगर्न प्रवर्द्धनात्मक र प्रचरात्मक कार्य गर्ने, कालीगण्डकी नदिमा जल यातायात र जल पर्यटनको प्रवर्द्धन गर्ने साथै यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार-प्रसार गर्ने नीति अवलम्बन गरिने छ ।चापाकोट नगरस्तरीय खानेपानी कार्यालय स्थापना गरी छरिएर रहेका समितिहरुलाई एकीकृत गरी चापाकोट विस्तृत खानेपानी योजनाको कार्यलाई अगाडी बढाइने छ । साथै नगरसभा २०७८/३/०७ गते ११ बजे गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


