गण्डकी प्रदेशको बजेट: ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ ।
पोखरा:
गण्डकी प्रदेशले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। मंगलबार प्रदेश सभामा उक्त बजेट वक्तव्य पेश गरिएको छ । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब रुपैयाँ कम हो।
बजेटमा चालु खर्च १३ अर्ब ६ करोड ४७ लाख रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्च १६ अर्ब ७३ करोड ४६ लाख रूपैयाँ रहेको छ।
सरकारले दिएको अनुदान र राजश्व अनुमानमा आगामी वर्षको बजेटमा ४ अर्ब १० करोड रूपैयाँ न्यून रहेको मुख्यमन्त्री नेपालीले बताए।
आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड रहने बजेटमा उल्लेख छ।
यस्तै, राजश्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट ३० करोड, आन्तरिक राजश्वबाट ४ अर्ब ९८ करोड प्राप्त हुने जनाएको छ।
बजेट वक्तव्यमा प्रदेश सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका सन्तान मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। यस्तै, कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने उल्लेख छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


