आज प्रदेश सरकारहरूले बजेट ल्याउदै ।
काठमाण्डौ:
आज सबै प्रदेश सरकारहरूले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेका छन्। यस पटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बताइएको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको छ।
नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तथा विकास निर्माणका गतिविधिहरू लगायतमा पनि बजेट केन्द्रीत रहने कुरालाई समेटिएको थियो। प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार आज सबै प्रदेशमा प्रदेश सभा बैठक बस्दैछन।
प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे बजेटका लागि प्रदेश सभा बैठक बस्दैछन। यस्तै प्रदेश नम्बर २ मा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट आउनेछ। यस्तै गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी छ।
लुम्बिनी प्रदेशमा आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत हुनेछ। कर्णालीमा आज दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजेटका लागि प्रदेश सभा बैठक बोलाइएका छन्।b
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


