ब्राजिलले इक्वेइडरलाई २-० गोलले पराजित गर्यो ।
काठमाण्डौ:
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन गर्दै आज शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गर्यो। ब्राजिलले यो सगै लगातार पाँचौ खेलमा जित हात पार्यो।
ब्राजिलले ६५ मिनेटमा गोलको खाता खोलेको थियो । उक्त गोल रिचार्लीसनले गरेका थिए भने दोस्रो गोल नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट गरेका थिय।
दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो। दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ । तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ। चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


