नेपाल एसियन कप २०२३ तेस्रो चरणमा ।
काठमाण्डौ:
एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ। विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो।
एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो।
कोरोना कारण दोस्रो चरणको छनोटको खेल एक वर्ष रोकिएका कारण नयाँ नियम बनाइएको हो।
यसअघि १५ टिम मात्र तेस्रो चरणमा सिधा पुग्ने नियम थियो। ११ टिम प्लेअफ खेल्नु पर्ने नियमअनुसार नेपाल प्लेअफमा पुगेको थियो। प्लेअफमा ११ टिमबीच प्रतिस्पर्धा हुँदा ९ ले तेस्रो चरणमा स्थान बनाउने प्रावधान थियो।
एएफसीको नयाँ नियमअनुसार तेस्रो चरणमा पुगेका टिममा ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, बहराइन, तुर्केमिस्तान, जोर्डन, प्यालेस्टाइन, मलेसिया, फिलिपिन्स र किर्गिस्तान छन्।
यसैगरी भारत, थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, हङकङ, माल्दिभ्स, श्रीलंका, नेपाल, म्यानमार,यमन र बंगलादेश रहेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


