अर्जेन्टिनालाई चिलीले १-१ गोलको बराबरीमा रोक्यो ।

काठमाडौं:

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी खेलमा आज बिहान चिलीले  अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोकेको हो।
अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीले २३ मिनेटमा पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। अर्जेन्टिनाका लाउटारो मार्टिनेजलाई चिलीका खेलाडीले लडाएपछि पेनाल्टी दिइएको थियो। चिलीका लागि एलेक्सिस सान्चेजले ३६ मिनेटमा बराबरी गोल फर्काए। उनले अरानग्युजको फ्रिकिक बलमा गोल गरेका थिए।

त्यसअघि बोलिभियाले भेनेजुएलामाथि ३-१ गोलको जित निकालेको छ। उरुग्वे र पाराग्वेले भने गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्। भोलि शनिबार विहान ब्राजिलले इक्वेइडरसँग प्रतिस्पर्धा गर्दैछ।

अंक तालिकामा ब्राजिल लगातार चार जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ५ खेलबाट ११ अंक छ।
तेस्रो स्थानको इक्वेइडरको ४ खेलबाट ९ अंक छ भने पाराग्वे ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको उरुग्वेको पनि ७ अंक नै छ।

 

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP