स्याङजामा पनि फल्यो स्याउ
भवानी अधिकारी/स्याङजा :
प्रायः हिमाली क्षेत्रमा फल्ने स्याउ स्याङजामा पनि फलेको छ। स्याङजाको गल्याङ् नगरपालिका ९ अमिलाथुममा गत वर्षदेखि स्याउ फलेको हो। हिमाली जिल्लामा फल्ने स्याउ पहाडी जिल्ला स्याङजामा पनि फलेको हो।
करिब ५ वर्षअघि रोपेको चकलेटी स्याउले गत वर्षदेखि फल दिन थालेको नारायण अर्यालले जानकारी दिए। उनले भने, ‘गएको वर्ष एक सयभन्दा बढी दाना फले। बढी सेतो रंगका र केही राताराता थिए। खाँदा पनि स्वादिला थिए।’
अर्यालका भाइ मुक्तिले दिदीको घरबाट एउटा स्याउको बिरुवा ल्याएर रोपेका थिए। आँगनको डिलमै रोपेको स्याउ सप्रेर अहिले ठूलो बुटो बनेको छ। बलाममा रहेका भिनाजु हरिप्रसाद पाण्डेले सालालाई स्याउका बिरुवा दिएका थिए।
सुन्तला फल्ने स्याङजामा स्याउ पनि फल्न थालेपछि यहाँका किसानले चासो बढाएका छन्। वडा अध्यक्ष हरि खनाल पनि गतबर्ष नै स्याउको बोट हेर्न उही पुगें। अमिलाथुममा सुन्तला पनि फल्छन्। अन्यत्र भन्दा यहाँ कम उत्पादन हुन्छ सुन्तला। दक्षिणतर्फ फर्केको भूभाग, कालीगण्डकीको होचो भूभाग रहेकाले यहाँ आँप, लिचि, केरा, मेवा खेती भने राम्रो हुन्छ।
स्याउ लगाउन सके फल राम्रो दिदो रहेछ अर्यालले भने, ‘जनशक्तिका अभावभा जग्गा जमिन धेरै बाझिएका छन्। स्याउ लगाएर आर्थिकोपार्जन गर्न सकिन्छ। रोपेको तेस्रो बर्षदेखि फल दिदो रहेछ।’
सुन्तला फल्ने जिल्लामा स्याउ पनि फल्न थालेपछि स्थानीयबासी अचम्मित भएका छन्। कतिले नासपतिको अर्को प्रजाती समेत भनेका छन् । फल लागेका बेला पुग्नेले फल चाखेपछि स्याउ रैछ भन्ने गरेको अर्याल परिवारको भनाइ छ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


