स्याङ्जाको भीरकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भिर घाईते ।
स्याङ्जा :
स्याङ्जाको भीरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएकाछन् ।
भिरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्वरको महिन्द्रा जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनमा परि घाईते भएका भीरकोट ३ का ३६ बर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ६ जना घाईतेहरु बिकास थापा (जीप चालक) , रेशम परियार,प्रतिमा परियार,रूक बहादुर परियार,सोनी श्रेष्ठ ,दिनेश परियार को पनि हेलुमा प्राथमिक अउपचार गरी थप उपचारका लागि पोखरा लगिदै गरेको भीरकोट ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घाईतेहरु सबै भीरकोट ३ का हुन् । अबिरल बर्षाका कारण बाटो चिप्लो हुँदा र्दुघटना भएको हुन सक्ने प्रहरीको अनुमान् छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


