स्याङ्जाको भीरकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भिर घाईते ।

स्याङ्जा :
स्याङ्जाको भीरकोटमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएकाछन् ।
भिरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्वरको महिन्द्रा जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनमा परि घाईते भएका भीरकोट ३ का ३६ बर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ६ जना घाईतेहरु बिकास थापा (जीप चालक) , रेशम परियार,प्रतिमा परियार,रूक बहादुर परियार,सोनी श्रेष्ठ ,दिनेश परियार को पनि हेलुमा प्राथमिक अउपचार गरी थप उपचारका लागि पोखरा लगिदै गरेको भीरकोट ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घाईतेहरु सबै भीरकोट ३ का हुन् । अबिरल बर्षाका कारण बाटो चिप्लो हुँदा र्दुघटना भएको हुन सक्ने प्रहरीको अनुमान् छ ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…