आँधीखोला तर्ने क्रममा डुबेर मृत्यु
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको आँधीखोला तर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ४ निवासी ५१ वर्षिय टेबबहादुर थापा ‘मने’ को आँधीखोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पुतलीबजार नगरपालिका ४ को ठूलो फुलबारी तर्फबाट गाईनेघाट हुन्दै सानो फुलबारीस्थित लामागे तर्फ जाँदा आँधीखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
मृतक थापा नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ का सह–सभापति कुलबहादुर थापाका छोरा हुन् । थापाको शब पोष्र्टमार्टमका लागि स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


