पाँच दिनको वर्षाको कहर : लग्यो १६ को ज्यान अनि सयैैको घर र रहर ।
काठमाडौं:
पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ भने अझै २२ जना सम्पर्कविहीन छन। सयै विस्थापित र घरवारविहिन भएका छन् ।
गृह मन्त्रालयले जनाए अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक/एक जना रहेका छन् ।
बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।
बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोकमा छन् । बाजुरा र रूपन्देहीमा एक/एक जना बेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
यस्तै यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि उद्धार भएको छ । पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । यसका साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।
बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ । हालसम्म ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मरेका छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


