चाइनिज ताइपेई बिरुद्द नेपालको २-० गोलको जित ।
काठमाडौं :
बिहीबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेई बिरुद्द २-० गोलले जित निकालेको छ । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। यो सँगै फिफा विश्वकप २०२२ को छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले दोस्रो जित हात पारेको छ।
खेलको तेस्रो मिनेटमा ताइपेईका खेलाडीले डिबक्सभित्र ह्याण्डबल गरेपछि नेपालले पेनाल्टि पाएको थियो। उक्त पेनाल्टीमार्फत अन्जन विष्टले गोल गरेका थिए। दोस्रो गोल नेपालले ८१ मिनेटमा गरेको थियो । सुनील बलको स्थानमा ६९ मिनेटमा मैदान छिरेका नवयुग श्रेष्ठले सुमन अर्यालले दिएको सटिक पासलाई सुन्दर गोलमा परिणत गरेका थिए। समूह बी मा रहेको नेपालले दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइपेईलाई नै २-० गोलले पराजित गरेको थियो। अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।
साथै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो जित कोभिड–१९ विरुद्ध खटिएका नेपालका अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गरेका छन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


