स्याङ्जा : जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर
भवानी अधिकारी/स्याङ्जा :
मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला धेरै अस्पतालमा भेन्टिलेटरको अभाव खट्किएको छ। तर, उपलब्ध ४ वटा भेन्टिलेटर भने स्टोर कक्षमै थन्क्याउन बाध्य भएको स्याङ्जा जिल्ला अस्पतालले जनाएको छ।
दक्ष जनशक्ति अभावमा भेन्टिलेटर उपयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताए। उनले भने, ‘भेन्टिलेटर चलाउन एनेस्थीयोलोजिष्ट र तालिमप्राप्त नर्स चाहिन्छन्। उनीहरुको अभावमा भेन्टिलेटर चलाउन सकिएको छैन।’
बिरामीको अवस्था जटिल बनेपछि कृत्रिम श्वास दिनका लागि प्रयोग गरिने मेसिन (भेन्टिलेटर) चलाउने चिकित्सक एवं प्राविधिक नभएको उनको भनाई छ।
जिल्ला संकट व्यवस्थापन समितिले अस्पतालमा १० शैयाको आइसोलेसन बनाउने निर्णय गरेको छ। ऋघिल्लो बर्ष पनि जिल्ला अस्पतालमा आइसोलेसन कक्षा बनाइएको थियो।
स्याङजामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। मंगलबारसम्म संक्रमितको संख्या २ सय १६ नाघेको छ। संक्रमितमध्ये १ सय ८६ होम आइसोलेसनमार २५ जना विभिन्न स्वास्थ्य संस्थामा र ५ जना क्वारेन्टाइनमा उपचाररत छन्।
जिल्लामा उपलब्ध रहेका १० अस्पतालमा २ सय १० वेड क्षमता भएपनि अहिलेसम्म कुनै पनि अस्पतालमा आइसीयू र भेन्टिलेटर सहितको सुविधा नरहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार वैशाख १ यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


