स्याङ्जा मुस्लिम युवा क्लवद्धारा मास्क, फेस सिल्ड र सेनीटाइजर प्रदान
भवानी अधिकारी/स्याङजा :
स्याङजा मुस्लिम युवा क्लवले कोरोना भाइरस संक्रमण बारे सचेतना सहित स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने उदेश्यका साथ क्लबले सार्वजनिक तथा मानिसको वढी आवत जावत हुने कार्यालयलाई ती सामाग्री उपलब्ध गराएका हुन ।
क्लवका अध्यक्ष सागिर अलि, महासचिव मुवारक मिया, कोषाध्यक्ष मरियम मिया लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय, ट्राफिक कर्यालय, मुक्तिनाथ विकास बैंक लिमिटेड, बाडखोला, जिंङदी, सतौं र राङखोलामा पुगेर मास्क वितरण गरेको हुन।

प्रशासन कार्यालयमा ५ हजार वटा मास्क, एक सय वटा फेस सिल्ड सहित ५० लीटर सेनीटाइजर र ट्राफिक कार्यालयमा एक हजार २ सय वटा मास्क, २० वटा फेस सिल्ड र २५ लीटर सेनीटाइजर प्रदान गरेका हुन। यसैगरी, मुक्तिनाथ विकास बैंकमा ४ सय वटा मास्क, १० वटा फेस सिल्ड र ५ लीटर सेनीटाइजर उपलब्ध गराएको अध्यक्ष अलीले जानकारी दिनुभयो ।
हाल काठमाण्डौं निवासी अल मदिना प्लेस होटलका संचालक जनाव समिर खानबाट मास्क, सेनीटाइजर र फेस सिल्ड उपलब्ध भएको स्याङ्जा मुस्लिम युवा क्लवले जनाएको छ।

समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


