स्याङ्जाका २४० सहित गण्डकीका थप १५४९ जनामा कोरोना पुष्टि, १२७७ कोरोनामुक्त

स्याङ्जा : मंगलबार  गण्डकीमा थप १५४९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित कास्कीका ४४० जना, स्याङ्जाका २४०,गोरखाका २२३ जना, लमजुङका २३९ जना,नवलपुरका १५६ जनातनहुँका ६२ जना ,पर्वतका ९२ जना, बाग्लुङका दुई जना, म्याग्दीका ५१ जना र मुस्ताङ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको  छ। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ।

मंगलबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ। आज पुष्टि भएका मृतकहरु कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना, नवलपुरका एक जना, स्याङ्जाका दुई जना, पर्वतका एक जना, बाग्लुङका एक जना र मुस्ताङ जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP