स्याङ्जाका बस्ती–बस्तीमा कोरोना परिक्षण गरिदै ।

dilip khand 7
स्याङ्जा :
बस्ती बस्तीमा कोरोना लक्षणका बिरामी देखा पर्न थालेपछि स्याङ्जामा कोरोना संक्रमणको दायारा बढाउन थालिएको छ । परिक्षण नगरे सम्म जिल्लाका हरेक बस्तीमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै ११ स्थानीयतहले दायरा बढाएका हुन् । एन्टिजिन भन्दा पिसिआर नै प्रावकारी हुने भन्दै केही स्थानीयतहले हरेक हप्ताको दुईतिन पटक परिक्षण गर्ने गरी अगाडी बढाएका छन् भने केही स्थानीयतहले एन्टिजिन प्रविधिको परिक्षणलाई बढाएका छन् । पिसिआर परिक्षणको रिर्पोट ढिला आउदा समस्या हुने गरेको भन्दै एन्टिजिनलाई पनि प्रथामिकतामा राखेर परिक्षण गरिने गरेको पालिकाहरुका स्वास्थ्य शाखाहरु बताउछन् । जिल्लाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका सबै भन्दा बढी कोरोना परिक्षणमा एन्टिजिन प्रविधि प्रयोग गर्ने पालिका हो । सबै भन्दा बढी संक्रमण पनि अहिले वालिङमै देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार अहिले सम्म पिसिआर र एन्टिजिन मार्फत ३ हजार ८ सय नागरिकको कोरोना परिक्षण गरिएको जनाएको छ । जस मध्ये पिसिआरबाट २ हजार ५ सय र एन्टिजिन मार्फत १ हजार ३ सय रहेका छन् । जिल्लाभर पिसिआरबाट १ हजार १ सय १९ र एन्टिजिन मार्फत गरिएको परिक्षणमा ९ सय ५१ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णु प्रसाद सुवेदीले बताए । जति परिक्षण हुनु पर्ने हो त्यती परिक्षणको दायार नबढेको सरोकारवालाहरुको भनाई छ ।  पिसिआर परिक्षणको रिर्पोट ढिला आउदा संक्रमण समुदाय देखि बस्ती बस्तीमा पुगेको अनुमान चिकित्सकहरुको छ । अब पिसिआर रिर्पोटको नतिजा ढिलो नहुने दावी जिल्ला स्वास्थ्यका निमित्त प्रमुख सुवेदीले बताए । आवश्यकता हेरेर सबै पालिकामा एन्टिजिनको मात्रा पठाएकाले संक्रमण टेष्टका लागि अब कुनै समस्या नहुने उनले बताए । एन्टिजिन परिक्षण महङ्गो प्रविधि भएकाले पनि समस्या भएको सुवेदीको भनाई छ । टेष्ट सगै सचेतनाको खाँचो जिल्लामा देखिएको भन्दै निमित्त प्रमुख सुवेदीले सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सोही अनुसार गर्न निर्देशन दिएको बताए ।
कोरोना संक्रमणबाट समस्या भएका बिरामीहरु अस्पताल जान समेत नमानेको बताइएको छ । बिरामीहरु र परिवारमा समेत हतोत्साही हुने देखिएकाले यो बिषय गम्भिर बनेको स्वास्थ्यकमीहरु बताउछन् । स्थानीय सरकारले टोल विकास संस्थाहरु प्रिचालन गरेर बस्ती बस्तीमा सचेतना कार्यक्रम फैलाउनु पर्ने देखिएको वालिङ नगरका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । अझै ग्रामिण क्षेत्रमा नागरिकले कोरोना संक्रमण केही होइन भन्ने बुझाइले गर्दा समुदायमै संक्रमण बढ्दो रुपमा देखिएको अनुभव सुनाउदै पाण्डेले जनस्वास्थ्यको मापदण्ड र संक्रमणको प्रभावबारे बुझाउन आवश्यक रहेको बताए । सबै नागरिकले मेरो पनि दायीत्व हो भन्ने मानसिकता नभए सम्म यो संक्रमण न्युनिकरण गर्न कठिन हुने स्वास्थ्यकमीहरुले बताउदै आएका छन् । शनिवार (आज) स्याङ्जामा १ सय २० जनामा कोरोना संक्रमण थप भएको छ । २ हजार १ सय ९० संक्रमित जिल्ला पुगेका छन् भने निको हुने ६ सय ७० पुगेको छ । बिहिवार सम्म जिल्लामा ८७ जनाले ज्यान गुमाएका छन् ।
Facebook Comments Box
TOP