मनकारी उद्योगीको सहयोगमा डेमोक्रेसीद्धारा निशुल्क एम्बुलेन्स संचालन गर्दै

pralhad marasini

भवानी अधिकारी/स्याङजा :
स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।
राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरुगर्ने भएको हो ।
जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा थपउपचारका लागि पोखरा तथा सुबिधासम्पन्न अस्पतालमा लानु पर्दा थप एम्बुलेन्स पनि आवश्यक भएकाले डेमोक्रेसीले निशुल्क एम्बुलेसन्स संचालन गर्ने निर्णय गरेको हो ।
यहाँका ११ वटै पालिकालाई लक्षित गदेृ सेवा उपलब्ध गराउनेगरी सेवा संचालनमा ल्याइने भएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष ई. अनुप श्रेष्ठले जानकारी दिए । उनले भने ‘ हाम्रा सामाजिक उत्तरदायित्व अनुरुप जिल्लाभर समेट्नेगरी विपन्न बर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवा’ संचालन गर्नेछौं ।
सबै पालिकामा गठित डेमोक्रेसी पालिका संयोजकले बिरामी तथा उनका परिवारसंग समन्वयगरी अस्पतालसम्म पुरयाउने ब्यवस्था मिलाइएकोे उनले बताए ।
परोपकारी अभियानको सहयोगका लागि भन्दै पोखरा महानगरपालिका पृथ्वीचोक स्थित होटल तिरुपतिका संचालक प्रल्हादजंग मरासीनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स गाडी उपलब्ध गराएका छन । उनले आफुले प्रयोग गर्दे आएको सवारी साधनलाई एम्बुलेन्सका लागि उपलब्ध गराएका हुन । उनी पुतलीबजार नगरपालिका ३ स्याङजाबासी हुन । साथै डेमोक्रेसीका पुतलीबजार नगर संयोजक पनि हुन ।
परोपकारी तथा सामाजिक सेवामा सहयोगगरी सफल बनाउन सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, बिद्यार्थी संगसंगठन, स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाई दिदीबहीनी सबैलाई डेमोक्रेसी स्याङजाको अनुरोध छ ।
स्कुल अफ डेमोक्रेसीले जिल्लाका सबै पालिकामा आफना संजाल बिस्तार गर्दे संजाल मार्फत बिभिन्न सामाजिक सेवा गर्दे आएको छ ।
तस्विर ः समायाबधिभर निशुल्क सवारी साधन उपलध गराउने तिरुपतिका संचालन प्रल्हादजंग मरासीनी ।

 

 

Facebook Comments Box
TOP