आफ्नो नाम उल्लेख गरेकोमा सांसद मल्लको ध्यानाकर्षण
स्याङ्जा:
‘स्याङजाका एसपी बोगटीले लिए प्रदेश सांसद मल्लको डोजर नियन्त्रणमा’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले गम्भीर आपत्ती सहित सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
बैसाख २३ गते बिहीबार स्याङ्जा सहित विभिन्न अनलाईन पोर्टल मार्फत विकास निर्माणका काममा नदीमा संचालित एक्जाभेटर र टिपरमा आफनो नाम जोडीएकोमा ध्यानाकर्षण गराउँदै आधिकारिक जिम्मेवारीमा नरहेको कुरा समाचारमा लेखिएको भन्दै बिज्ञप्ती मार्फत सो कुराको खण्डन गरेका हुन् ।
सांसद मल्लद्धारा हस्ताक्षरित बिज्ञप्तिमा ‘योजनामा प्रयोग भएका निर्माण सामग्रीहरु मेरो आधिकारिक जिम्मेवारी अन्तर्गत छैन । आफु गण्डकी प्रदेशको सांसदमा निर्वाचित भएपश्चात निर्माण व्यवसाय छाडेको बताउँदै आफू संलग्न भएर कुनै निर्माणका काम नगरेको उल्लेख छ । गजिन्द्र निर्माण सेवा मार्फत सञ्चालित कामहरु कम्पनी मार्फत सञ्चालन हुनेहुंदा आफनो नाम जोडेर समाचार बनाइनु न्यायोचित हुदैन ।’ भनि विज्ञप्तीमा उल्लेख छ ।
सम्प्रेषित समाचारले आफनोे राजनीति र सामाजिक चरित्र हत्या गर्नेे प्रयास भएको भन्दै समाचारप्रति निन्दा एवं खेद प्रकट गरिएको छ । समाचार सम्प्रेषण गर्दा सम्बन्धित सरोकारवाला पक्षको भनाई र स्पष्टीकरण आवश्यक पर्ने पत्रकारिताको आचार संहिता र मूल्यमान्यता अन्तर्गत पर्ने कुरा स्मरण गराउदै एकपक्षीय समाचारले भ्रम फैलाउने उनको भनाई छ ।
राज्यको चौथो अंगका रुपमा स्वीकारिएको पत्रकारिता जगत निष्पक्ष, सत्यतथ्य र यथार्थपरक रुपमा प्रस्तुत हुन, जिम्मेवार भई आग्रह र पूर्वाग्रह नराखी समाचार सम्पादन गर्न उनको सुझाव छ । भ्रमपूर्ण समाचारका पछि नलाग्न समेत उनले आग्रह गरेका छन् ।
.

समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


