समाजसेवी रखालीद्वारा आफ्नो जन्म दिनमा ६० हजार बराबरको खाद्यान्न तथा नगद वितरण

टिकाराम अधिकारी/गल्याङ :
प्राय जसो हाम्रो समाजमा आफ्नो जन्म दिनलाई विशेष महत्वको साथ लिने र आफ्नो इष्टमित्र सार्थीभाई संग ठूला ठूला बार रेष्टुरेष्ट लजहरुमा रक्सी मासु खुवाउने केक काट्ने जस्ता क्रियाकला गर्ने प्रतिसप्रधा चलेका बेला स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.५ घर भई हाल गल्याङ नगरपालिका वडा नं.३ गल्याङ निवासी समाजसेवी सुब्दार चन्द्र बहादुर रखाली मगरले आफ्नो जन्म दिनका अवसरमा आफ्नो जन्म थलो सल्यान,सेलबास एवम् गल्याङ नगरपालिका वडा नं.५ भित्रका अपाङ्ग, असाहय, दीन दुःखी विपन्न गरिव परिवार गरि १८ घर परिवारलाई ६० हजार बरावरको खाद्यान्न र नगद वितरण गरेर आफ्नो जन्म दिन मनाउनु भएको छ ।
उहाँले भन्नु भयो विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस दोस्रो लहरका रुपमा फेरी फैलिएको अवस्थामा आफ्नो गाउँठाउँका विपन्न दीनदुखीहरुको साथमा उहाहरुलाई आफूले सक्दो सहयोग गरेर मनाउने इच्छा लागेकाले आफू जन्मेको भूमिलाई सम्झेर खाद्यान्न तथा नगद वितरण गरेको कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो हामीमा जन्म दिनमा अनावश्यक रुपमा अनावश्यक ठाउँमा खर्च गर्ने प्रवृत्तीको विकास भईरहेको बेला हामीले केही रचनात्मक कार्य गरेर हामी भन्दा पछिको पिडिलाई पनि समाजसेवा, रचनात्मक कार्यमा सरिक गराउनु पनि हाम्रो जिम्मेबारी रहेको बताउदै हामीले आफ्नो कमाईको केही प्रतिसत रकम समाजसेवामा लाउनु पर्ने कुरामा जोड दिदै सोही अनुसार आफूले सामाजिक कार्यमा केही भए पनि सहयोग मिलोस् भनेर आफ्नो जन्म दिनलाई आफू जन्मेको वडामा मनाएको कुरा बताउनु भयो ।

 

Facebook Comments Box
TOP