स्याङजा कांग्रेसले जलायो राष्ट्रपति र प्रधानमन्त्रीका पुतला
भवानी अधिकारी/स्याङजा :
प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदम बिरुद्ध नेपाली कांग्रेस स्याङजाले शनिवार साँझ स्याङजा सदरमुकाममा बिरोध रयाली सहित पुतला दहन गरेको छ।
बिश्वर कोरोना संक्रमणले आक्रान्त पारेका बेला मानवीय संवेदनालाई कत्ति पनि ख्यालै नगरी सत्ता स्वार्थमा लिप्तरही आरोप छ।
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाल र नेपाली जनताको भविष्यलाई अन्धकारमा धकेल्दै सिर्जना गरिएको राजनैतिक अन्यौलताले मुलुकलाई द्धन्द्धमा पुरयाएको उल्लेख छ।
सरकारले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनैतिक मानमर्यादाको धज्जी उडाएको र गैर जिम्मेवार सरकारको असंबैधानिक कदम र राष्ट्रपतिको अकल्पनीय घोषणाले नेपाली जनताको मन मष्तिस्कमा ठूलो आघात पुगेको बिज्ञप्तिमा उल्लखेछ।
संसद बिघटन र मध्यावधी निर्वाचन असंबैधानिक घोषणाको घोरभत्र्सना गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी निरंकुश र प्रगितमनकारी कार्यको बिरुद्ध र संबिधानको रक्षार्थ सबैजना एक हुनु आग्रह गरिएको छ।

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


