स्याङजा कांग्रेसले जलायो राष्ट्रपति र प्रधानमन्त्रीका पुतला

भवानी अधिकारी/स्याङजा :
प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदम बिरुद्ध नेपाली कांग्रेस स्याङजाले शनिवार साँझ स्याङजा सदरमुकाममा बिरोध रयाली सहित पुतला दहन गरेको छ।
बिश्वर कोरोना संक्रमणले आक्रान्त पारेका बेला मानवीय संवेदनालाई कत्ति पनि ख्यालै नगरी सत्ता स्वार्थमा लिप्तरही आरोप छ।
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाल र नेपाली जनताको भविष्यलाई अन्धकारमा धकेल्दै सिर्जना गरिएको राजनैतिक अन्यौलताले मुलुकलाई द्धन्द्धमा पुरयाएको उल्लेख छ।
सरकारले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनैतिक मानमर्यादाको धज्जी उडाएको र गैर जिम्मेवार सरकारको असंबैधानिक कदम र राष्ट्रपतिको अकल्पनीय घोषणाले नेपाली जनताको मन मष्तिस्कमा ठूलो आघात पुगेको बिज्ञप्तिमा उल्लखेछ।
संसद बिघटन र मध्यावधी निर्वाचन असंबैधानिक घोषणाको घोरभत्र्सना गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी निरंकुश र प्रगितमनकारी कार्यको बिरुद्ध र संबिधानको रक्षार्थ सबैजना एक हुनु आग्रह गरिएको छ।

समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…