संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं : वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो ।
छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएको उहाँको केहीबेरअघि निधन भएको गायक शिव परियारले जानकारी दिनुभयो ।
प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।
उनको निधनपछि कलाकार, गायक/गायिका लगायतको समवेदना प्रकट गरेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


