पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ ।
निगमले सोमबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
मूल्यवृद्धि भएसँगै अब पेट्रोलको मूल्य १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि भएपनि प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिण्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमको दाबी छ ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…