नेपालले आज एसियाली महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौं : विश्वकप छनोटको तयारीमा रहेका नेपालले आज एसियाली महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेल आज राति सवा १० बजे बाट इराकको अल्फायहा मैदानमा हुनेछ ।
फिफा वरीयतामा ६८ औं स्थानमा रहेको इराक सँग १ सय ७१ औं स्थानको नेपाललाई यो खेल निक्कै चुनौतीपूर्ण देखिन्छ । हाल सम्म खेलेको ३ वटा खेलेकामा सबै खेल इराकले नै पोल्टामा पारेको छ ।
हालै नियुक्त भएका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटि टिमलाई औसत २३ वर्षको बनाएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।
विश्वकप छनोट अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले विश्वकप छनोटको सम्भावना न्यून छ तर पनि एसियाकपमा छनोटको सम्भावना भने रहेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


