नेपालले आज एसियाली महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौं : विश्वकप छनोटको तयारीमा रहेका नेपालले आज एसियाली महारथी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेल आज राति सवा १० बजे बाट इराकको अल्फायहा मैदानमा हुनेछ ।
फिफा वरीयतामा ६८ औं स्थानमा रहेको इराक सँग १ सय ७१ औं स्थानको नेपाललाई यो खेल निक्कै चुनौतीपूर्ण देखिन्छ । हाल सम्म खेलेको ३ वटा खेलेकामा सबै खेल इराकले नै पोल्टामा पारेको छ ।
हालै नियुक्त भएका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटि टिमलाई औसत २३ वर्षको बनाएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।
विश्वकप छनोट अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले विश्वकप छनोटको सम्भावना न्यून छ तर पनि एसियाकपमा छनोटको सम्भावना भने रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


