इराकविरुद्ध नेपाल पराजित,नेपालको दुई गोल
शनिबार राती इराकको बसरामा भएको मैत्रीपूर्ण खेलमा घरेलु टिम इराक विरुद्ध नेपाल ६-२ गोलले पराजित भएको छ।
खेलको सातौं मिनेटमा नै घरेलु टिम इराकले कप्तान अली अब्दुल जहर खासिनको फ्रिकिकमा अग्रता लिएको थियो। त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका डिफेन्डर अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए। ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको फाईदा उठाएका थिए। ४०औँ मिनेटमा मोहमद अब्दुल्जारा हेडमार्फत इराकले बराबरी गोल फर्कायो। अर्को मिनेटमा इराकले अयमन हुसेनको गोलमा तेस्रो गोल थपेको थियो। यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको लागि चौथो गोल थपे । ६८ र ७४ मिनेटमा थप गोल गर्दै इराकले अग्रता ६(२ मा पुर्याएको थियो ।
यस मैत्रीपुर्ण खेल पछि नेपाल इराकबाट विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। एसियन महारथि इराक पुर्व एसियन च्याम्पियन विजेता साथै विश्वकप खेलिसकेको टिम हो । फिफा वरीयतामा नेपाल भन्दा १०३ माथि रहेको इराक ६८ औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ। आफुभन्दा निकै माथिल्लो टिम सँगको खेलले नेपाललाई विश्वकप छनोट प्रतियोगितामा निकै राम्रो अनुभव हुनेछ भन्नेमा नेपाल सकारात्मक रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


