लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी
बुटवल: लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ।
सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो ।
पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभयो भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएको थियो ।
निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पराजित खड्का भने नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै खड्का एमालेमा प्रवेश गर्नुभएको थियो ।
तर माओवादी केन्द्रले कारबाही गरेपछि खड्काको सांसद पद रिक्त भएको थियो । सोही स्थानमा गराइएको उपनिर्वाचनमा पाण्डे विजयी हुनुभएको हो ।
निर्वाचनमा स्थानीय तहतर्फ बाँके नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा अनुपस्थित रहनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


